आजसम्म कायम सेयरधनीहरुले मात्र लिबर्टी इनर्जीको ५० प्रतिशत हकप्रद पाउने


काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा आज कार्तिक २० गते मंगलबारसम्म कारोबार भई कायम सेयरधनीहरुले मात्र लिबर्टी इनर्जी कम्पनी लिमिटेडको ५० प्रतिशत हकप्रद सेयर प्राप्त गर्ने भएका छन् ।
कम्पनीले हकप्रद प्रयोजनाका लागि भोलि कार्तिक २१ गते एक दिनका लागि बुकक्लोज गर्ने भएकाले आज कार्तिक २० गतेसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन पाउनेछन् ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात १ बराबर ०.५० अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ७५ अर्ब रुपैयाँ बराबारको ७५ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्न अनुमति प्रदान गरेको थियो ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ। ५० प्रतिशत हकप्रद शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ।
Shares