हिमालयन बैंकको एफपीओमा पहिलो दिन कति पर्यो आवेदन ?

अर्थकागज
प्रकाशित: ३१ असार २०८२
Image description

काठमाडौं । हिमालयन बैंक लिमिटेडले निष्कासन गरेको एफपीओमा पहिलो दिन आज न्यून आवेदन परेको छ । सिडियस एण्ड क्लियरिङ्ग लिमिटेडको अनुसार साँझ ५ बजेसम्म ५ हजार ४९० जना आवेदकबाट १ लाख ९ हजार ११० कित्ता आवेदनको लागि आवेदन परकोछ ।

बैंकले असार २२ गते नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १५७ रुपियाँका दरले कुल ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ सर्वसाधारणमा निष्कासन गर्न अनुमति पाएको थियो ।

बैंकले जारी पुँजीको कम्तीमा ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याउनुपर्ने बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनअनुसार एफपीओ निष्कासन गरेको हो ।

एफपीओ निष्कासनपछि बैंकको संस्थापकतर्फ १५ करोड ८० लाख ७१ हजार ६३७.७२ कित्ता र सर्वसाधारणतर्फ ६ करोड ७७ लाख ४४ हजार ९८७.५९ कित्ता सेयर कायम हुनेछ ।इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकत सबै कित्ताका लागि आवेदन दिन पाउनेछन् ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर