नेपाल रिपब्लिक मिडियाको नाफामा बढोत्तरी
काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।
गत आर्थिक वर्षको अन्तिम त्रैमासमा कम्पनीले ४० लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । मिडियाको नाफा गत वर्ष यसैअवधिको तुलनामा २८८.२९ प्रतिशतले ले बढि हो । अघिल्लो वर्ष यसले १० लाख ५० हजार रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीको आम्दानी १६.३० प्रतिशत घटेको छ भने कुल आम्दानी १०.७८ प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको अन्य आम्दानी समीक्षा अवधिमा २९.०३ प्रतिशत र सञ्चालन मुनाफा २१.६० प्रतिशत घटेको छ। कम्पनीको वित्तीय शुल्क ६ करोड २४ लाख रुपैयाँबाट घटेर ३ करोड ७१ लाख रुपैयाँमा झरेको छ।
९६ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ५० करोड ५७ लाख रुपैयाँ ऋणात्मक रहेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिेसेयर आम्दानी ३१ पैसा बढेर ४२ पैसा पुगेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ८८ रुपैयाँ ७७ पैसा रहेको छ।
Shares