प्राइम कमर्सियल बैंकमा चाडपर्वको नाममा करोडौं रकम निकासी

अर्थकागज
प्रकाशित: १५ साउन २०८२
Image description

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडमा चाडपर्वको नाममा लुटतन्त्र भएको छ । आर्थिक वर्ष २०८०/८१ को बार्षिक प्रतिवेदन अनुसार बैंकले १ वर्षमा विभिन्न चाडपर्व पारेर कर्मचारीलाई र संचालक समितिलाई भत्ता वापत ८ करोड १२ लाख १३ हजार ५०२ रुपैयाँ भुक्तानी गरेको छ ।

सेयरधनीलाई प्रतिफल दिन नसक्ने असफल संचालक समितिका अध्यक्ष राजेन्द्र दास श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत संजीव मानन्धरको टोलीले चाडपर्वको नाममा ठूला रकम बाँड्नु अपचलनको संकेत भएको सेयरधनी विष्णुमणि अधिकारीले बताए । सेयरधनीलाई चाही लाभांश नदिने हाम्रो अर्थात सेयरधनीको सम्पत्तिमाथि मनलाग्दी गर्ने संचालक समितिका अध्यक्ष श्रेष्ठ सिईओ मानन्धरको बार्षिक साधारणसभामा राजिनामा माग्नु पर्ने सेयरधनी अधिकारीको भनाई छ । संचालक र उच्च व्यवस्थापनले भत्ता लिने सवै कर्मचारीको एकमुष्ट सवै कर्मचारीको नाम बदनाम हुने गरी चाडपर्वको नाममा राख्न नहुने बैंकको एक कर्मचारीले सुनाए ।

बैंकमा अध्यक्ष श्रेष्ठ र सिईओ मानन्धर यी दुई दाजुभाईको मिलोमतोले बैंकको निष्क्रिय कर्जा बढ्नुले बैंक यतिबेला जोखिममा परेको छ । कर्जाको असुली दर घट्नु, सिईओ र अध्यक्षको परियोजना छनोट र स्वीकृतिमा निष्पक्षता नहुनु, र ठूला पहुँचवालाहरूलाई प्राथमिकता दिनुजस्ता कारक तत्वहरू यस अवस्थाको मूल कारणका रूपमा देखिन्छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर