सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
प्रकाशित:
११ साउन २०८३
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मुल्य तोलाको ४३ सयले घटेर २ लाख ८४ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ८८ हजार ५ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १३५ रुपैयाँले घटेर तोलाको ४३१० मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ४४४५ मा कारोबार भएको थियो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares