कर्जा प्रवाहबारे प्रकाशित समाचारप्रति एनआइसी एसिया बैंकको ध्यानाकर्षण

अर्थकागज
प्रकाशित: २९ माघ २०८०
Image description

काठमाडौं । एनआइसी एसिया बैंकबारे प्रकाशित तथा प्रसारित भ्रामक समाचारप्रति बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बैंकले घर कर्जाको वासलबमोजिमको जोखिम भारको दरलाई तोडमोड गरेको र रियल स्टेट क्षेत्रमा नियमनकारी व्यवस्थाले तोकेको सीमाभन्दा बढी कर्जा लगानी गरेकोलगायतका विषयमा प्रकाशित समाचार भ्रामक भएकाे जनाएको हो। साथै बैंकले नेपाल राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी कर्जा लगानी गरेको भन्ने समाचार सत्य नभएको जनाएकाे छ।

बैंकका अनुसार नेपाल राष्ट्र बैंकद्वारा जारी एकीकृत निर्देशनको क्यापिटल एडेक्वेट फ्रेमवर्क २०१५ मा उल्लेखित जोखिम वजन वर्गीकरण (रिक्स वेट क्लासिफिकेसन)सम्बन्धी व्यवस्था र अन्य वाणिज्य बैंकहरूले अपनाएका अभ्याससमेतलाई मध्यनजर गर्दै बैंकले कर्जा प्रवाह गर्दै आएको छ।

 

प्रतिक्रियाहरू

सम्बन्धित खबर