वर्णबास म्युजियम होटलले आईपीओ जारी गर्ने

अर्थकागज
प्रकाशित: ०८ पुस २०८१
Image description

काठमाडौं । वर्णबास म्युजियम होटल लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । होटलले आईपीओ निष्कासको प्रस्ताव राखेर पुस २९ गते पहिलो वार्षिक साधारणसभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय बालुवाटार, काठमाडौंमा बिहान ९ बजे शुरु हुनेछ । सभाले कम्पनीको पुँजी शेयर संरचनाअनुसार आईपीओ जारी गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिनेछ।

त्यस्तै गत आवको वार्षिक प्रतिवेदनसहितको वित्तीय विवरण पारित गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्ति र पारश्रमिक निर्धारण गर्नेछ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर