सेयरधनीलाई निराश बनाएको बेष्ट फाइनान्स मर्जरको लागि पार्टनरको खोजीमा
प्रकाशित:
१३ कात्तिक २०८१
काठमाडौं । धमाधम बैंक तथा वित्तीय संस्थाहरु मर्जर भैरहेको अवस्थामा बेष्ट फाइनान्स लिमिटेडले पनि मर्जरको लागि साथी खोज्ने भएको छ । फाइनान्सले मर्जरको लागि बाणिज्य बैंक, बिकास बैंक तथा वित्तीय संस्थाहरु मर्जरलागि छलफल खुला गरेको छ । फाइनान्सले मर्जरको लागि वित्तीय संस्थाहरुसँग छलफल भैरहेको समेत जनाएको छ । फाइनान्सले कुनै पनि वित्तीय संस्था गाभ्ने र आफु गाभिनेको लागि कार्तिक १४ अर्थात आज हुने २७ औं वार्षिक साधारणसभामा विशेष प्रस्तावमा मर्जरको एजेण्डा लैजादै छ ।
सभामा फाइनान्सले कुनै बैंक, विकास बैंक तथा वित्तिय संस्था एक आपसमा गाभ्ने र गाभिने (मर्जर), प्राप्ति तथा विलय गर्न उपयुक्त देखिएमा मर्जर, प्राप्ति वा विलय गर्ने, डिडिए गर्ने, नियमनकारी निकायबाट आवश्यक स्वीकृति लिन तथा सो सम्बन्धमा सम्पूर्ण काम गर्ने अख्तियारी संचालक समितिलाई अख्तियारी प्रदान गर्ने एजेण्डा मुख्य रहेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares