एनएमबि बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

अर्थकागज
प्रकाशित: ३० मंसिर २०८२
Image description

काठमाडौं । एनएमबि बैंक लिमिटेडले साधारणसभो पुस २४ गते साधारणसभा गर्ने भएको छ ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष २०८१÷८२ को मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ५ प्रतिशत नगद लाभांश गरि कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको साधारणसभाले पारित गरेपश्चात उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।

बैंकले साधारणसभा प्रयोजनको लागि पुस ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ८ गतेसम्म कायम शेयरधनीले मात्र बैंकको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर