बचतकर्ताको करोडौं रकम हिनामिना गर्ने नागरिक विकास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नुनम सुब्बा र लेखा अधिकृत ललिता लिम्बु पक्राउ

अर्थकागज
प्रकाशित: ०७ चैत २०८०
Image description

काठमाडौं । नागरिक विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष नुनम सुब्बा र लेखा अधिकृत ललिता लिम्बु पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीहरुलाई पक्राउ गरेको हो ।

बचतकर्ताले बचत गरेको पैसा सहकारीले नदिएपछि बचतकर्ताले भक्तपुर अदालमा ठगीको मुद्धा दर्ता गराएका थिए । भक्तपुर अदालको फैसाला अनुसार सुब्बा र लिम्बुलाई पक्राउ गगरिएको हो । सहकारीका अन्य सदस्यहरुलाई पनि पक्राउको लागि खोजी कार्य भैरहेको छ ।

फारार हुनेमा दुर्गा देवी राई, देउमाया लिम्बु, रोजिना मगर, सुनु मगर, सपना सुब्बा, मन प्रसाद राई, राम कुमारी राई, शान्ति श्रेष्ठ, दुर्गा राज वैरागी, रोजिना श्रेष्ठ, सन्तोष नेम्बाङग, परशुराम राई र सुदर्शन चालिसे रहेका छन् ।

सहकारीमा १३ हजार १७० जना बचतकर्ता रहेका छन् । निज वचत कर्ताहरले गरेको विविध किसिमको बचत रकम र सो बचत रकमको ब्याज सेम गरी हाल ५९ करोड २५ लाख ८४ हजार ५ रुपैयाँ रकम बचतकर्ता सदस्यहरुलाई रकम फिर्ता गर्नु पर्ने हुन्छ । सहकारीले बचतकर्ताबाट उठाएको रकम विना धिर्ता घर कर्जा, हायर पर्चेज कर्जा र अन्य सहकारीमा राखेको पाइएको छ । जुन पैसा जम्मा गरेको सहकारी अहिले समस्याग्रस्त भई बन्द भएको अवस्था भएकोले उक्त रकमबाट निक्षेपकर्ताको रकम फिर्ता गर्न सकिने अवस्था छैन् ।