विदेशमा भएका लगानीकर्तालाई लगानीको अवसर, गार्डियन माइक्रो लाइफको आईपीओ बिक्री खुला
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आजदेखि पहिलो चरणको आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणका लागि बिक्री गरीने कुल कित्ता आईपीओमध्ये १० प्रतिशत आईपीओ पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि जारी गरेको हो । कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्न अनुमति पाएको छ ।
जसमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता आईपीओ नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीले खरिद गर्न पाउनेछन्।
पहिलो चरणको आईपीओ खरिदका लागि वैदेशिक रोजगारीमा रहेका नेपालीले आजदेखि पुस ३ गतेसम्म आवेदन दिन सक्नेछन्। यसमा घटीमा १० कित्तादेखि बढीमा १ लाख कित्तासम्म माग गर्दै आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
कसरी आवेदन दिने ?
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूसँगै मेरो शेयर अनलाइनमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ।
Shares