भगवती हाइड्रोपावर आईपीओ भदौं ५ गतेदेखि बजारमा,प्रतिकित्ता ११६ रुपैयाँ

अर्थकागज
प्रकाशित: २८ साउन २०८०
Image description

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले प्रिमियम थप गरी भदौ ५ गतेदेखि आईपीओ जारी गर्ने भएको छ ।

कम्पनीले सर्वसाधारणलाई फेस भ्याल्यू १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँ दरले आइपीआ जारी गर्न लागेको हो ।

कम्पनीले जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १५ प्रतिशत अर्थात ८ करोड ५८ लाख ९ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता कुल ११६ रुपैयाँमा ८ लाख ५८ हजार ९७ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

सोमध्ये ८५ हजार ८१० कित्ता शेयर कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि, ४२ हजार ९०५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिसकेको छ भने १७ हजार १६२ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी रहेको ७ लाख १२ हजार २२० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

उक्त आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताहरुले भदौ ८ गतेसम्म आवेदन दिन सक्नेछन् । ढिलोमा भदौ १९ गतेसम्म आवेदन दिन सकिनेछ ।

आइपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपि त्रीपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।

भगवतीले पोखरा महानगरपालिका वडा नम्बर २६ मा ४.५ मेगावाट क्षमताको ‘विजयपुर १ साना जलविद्युत आयोजना’ निर्माण गरिसकेको छ । आयोजनाको कुल अनुमानित लागत ६९ करोड ६८ लाख रुपैयाँ र प्रतिमेगावाट अनुमानित लागत १७ करोड ७० लाख रुपैयाँ रहेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर