पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि,अब ग्यासको मूल्य प्रतिसिलिण्डर २११० रुपैयाँ

अर्थकागज
प्रकाशित: १२ असोज २०८०
Image description

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो ।

त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ । नयाँ मूल्य सूची आज मध्यरतबाट लागू हुनेछ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर