सुपर खुदी हाइड्रोपावरको आईपीओ बाँडफाँड, तपाईंलाई पर्यो कि परेन ? यसरी हेर्नुहोस्
काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ (आज) आइतबार बिहान बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलमा बाँडफाँड भएको छ । माग भन्दा २१ गुणा बढी आवेदन परेकाले गोलाप्रथाबाट आईपीओ बाँडफाँड भएको हो । बल आईपीओ बाँजे (लक्ष्मण श्रेष्ठ)ले तानेका थिए । आईपीओको लक्की नम्वर १ रहेको छ ।
यस अनुसार १ लाख २८ हजार ६५० जना आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् । कम्पनीको शेयरमा २५ लाख ८० हजार ४७० योग्य आवेदकले २ अर्ब ७७ करोड ३ लाख ८८ हजार रुपैयाँ बराबरको आवेदन दिएका थिए ।
कम्पनीले फागुन ५ गतेदेखि फागुन ११ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १२ लाख ८६ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको थियो ।
नेपाल धितोपत्र बोर्डले पुस ६ गते गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो ।
यस कम्पनीले लमजुङमा २६ मेगावाट क्षमताको अपर खुदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको भौतिक प्रगति ८३.३० प्रतिशत रहेको छ ।
यहाँबाट हुर्नुहास् रिजल्ट
प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको वेबसाईट https://www.globalimecapital.com/results, सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login र सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।
Shares