रिडी पावरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

प्रकाशित:
०८ चैत २०८०

रिडी पावर कम्पनी लिमिटेडको ५० प्रतिशत हकप्रदमा आवेदन दिने आज चैत ८ अन्तिम दिन रहेको छ । कम्पनीले फागुन १८ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको थियो ।
हाल १० कित्ता शेयर बराबर नयाँ पाँच कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन हुनेछ । रिडी पावरले ७७ करोड ४४ लाख ५० हजार ६०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ७७ लाख ४४ हजार ५ सय ६ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ। अहिले कम्पनीको चुक्ता पूँजी एक अर्ब ५४ करोड ८९ लाख १ हजार २ सय रुपैयाँ छ भने हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको सो पूँजी दुई अर्ब ३२ करोड ३३ लाख ५१ हजार ८ सय रुपैयाँ कायम हुनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares