एनआरएन ईन्फ्रास्टक्चरको नाफामा १८८ प्रतिशतको बढोत्तरी, अन्य अवस्था कस्तो ?

प्रकाशित:
२५ माघ २०८०

काठमाडौं । एनआरएन ईन्फ्रास्टक्चर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
पुस मसान्त सम्ममा कम्पनीले १ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८८.०३ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा कम्पनीले १ करोड ६६ लाख कुल आम्दानी गर्दा ५४ लाख खर्च गरेको छ ।
१ अर्ब २२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी (ईपिएस) बढेर २ रुपैयाँ ६७ पैसा पुगेको छ भने कम्पनीको प्रतिसेयर नेटवर्थ १४९.५३ रुपैयाँ रहेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares