सप्तकोशी डेभलपमेन्ट बैंकको १६ हजार कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता ६५५ रुपैयाँमा सबैले किन्न पाउने
प्रकाशित:
२९ फागुन २०८१
काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले कुल १६ हजार ३८२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
बैंकले ५ हजार ४०० कित्ता शेयर संस्थापक शेयरधनी र १० हजार ९८२ कित्ता जोकोही सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा ल्याएको हो । जसमा संस्थापक शेयधनीले किन्न पाउने शेयरको मूल्य प्रतिकित्ता ४५० रुपियाँ र सर्वसाधारणले किन्ने शेयरको मूल्य ६५५ रुपियाँ तोकिएको छ । संस्थापक शेयरधनीले आगामी वैशाख ३ गतेभित्र र सर्वसाधारणले चैत १४ गतेभित्र विराटनगरस्थित बैंकको कर्पोरेट कार्यालयमा निवेदन दिनुपर्नेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares