राष्ट्रिय वाणिज्य बैंकको सीईओमा देबेन्द्र रमण खनाल नियुक्त

अर्थकागज
प्रकाशित: १० जेठ २०८१
Image description

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा देबेन्द्ररमण खनाललाई नियुक्त गरेको छ ।

बैंकले बिहीबार एक सूचना प्रकाशन गर्दै खनाललाई नियुक्त गरेको बताएको छ ।उनको कार्यकाल चार वर्षको हुनेछ ।

बैंकको रिक्त रहेको सीईआपदमा २०८० साल चैत २९ गतेबाट लागू हुने गरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देबेन्द्ररमण खनाललाई कायम मुकायमको जिम्वेवारी तोकिएको थियो ।

यसअघि किरणकुमार श्रेष्ठ चैत २८ गतेदेखि बैंक सेवाबाट निवृत्त भएका थिए । उनी आफ्नो ८ वर्षे कार्यकाल पूरा गरी बैंक सेवाबाट निवृत्त भएका हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर