सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा
प्रकाशित:
०४ साउन २०८२
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कुल ३१ हजार २२७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । यो सेयर हाल बैंककै कायम विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।
शेयर खरिद गर्न इच्छुक सेयरधनीले आवश्यक कागजातसहित आफूले के कति खरिद गर्न चाहेको हो सोको विवरण खुलाई ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा निवेदन दिनुपर्नेछ । साथै तोकिएको समयभित्र विद्यमान संस्थापकहरूबाट आवेदन नपरेमा सो सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।
प्रथम चरणको आईपीओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ निष्कासन हुनेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares