एचआईडिसीएलको आम्दानीमा ११.७४ प्रतिशतले बढोत्तरी, अन्य अवस्था कस्तो ?

प्रकाशित:
१५ माघ २०८०

काठमाडौं । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडिसिएल)ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
यस अवधिमा कम्पनीले ७५ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.७४ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६७ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १८१।६२ प्रतिशत बढेको छ भने वित्तीय आम्दानी ४.६२ प्रतिशत बढेको छ। समीक्षा अवधिमा कम्पनीको लाभांश आम्दानी भने १९।३७ प्रतिशत घटेको छ।
कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ६१ पैसा छ भने प्रतिशेयर नेटवर्थ १०८ रुपैयाँ ३ पैसा रहेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares