करिब १७ प्रतिशतले बढ्यो नेशनल लाइफ इन्स्योरेन्सको नाफा, अन्य अवस्था कस्तो ?
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
यस अवधिमा कम्पनीले २५ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.९१ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २१ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा कम्पनीले ८ अर्ब २८ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा ९.९९ प्रतिशतले बढि हो । त्यस्तै खुद दाबी भुक्तानी १२.३३ प्रतिशत बढेको छभने कुल आम्दानी १२.२२ प्रतिशत बढेको छ भने कुल खर्च ११.७९ प्रतिशत बढेको छ ।
५ अर्ब १ करोड १६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको शेयर प्रिमियममा २ करोड ७८ लाख रुपैयाँ र महाविपत्ती कोषमा ४९ करोड ६३ लाख रुपैयाँ सञ्चित छ। कम्पनीको प्रतिसेयर आम्दानी बढेर १० रुपैयाँ १८ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ २१ पैसा छ ।
Shares