नेत्रज्योति दिवसका अवसरमा किर्तिपुरमा १६८ जनाको निःशुल्क आँखा परिक्षण
४८ औँ नेत्रज्योति दिवसका अवसरमा किर्तिपुरमा १ सय ६८ जनाको निःशुल्क आँखा परिक्षण गरिएको छ । नेपाल नेत्रज्योति संघ काठमाडौं शाखाले किर्तिपुर नगरपालिका वडा नं ७ संगको सहकार्यमा भाजुंगल शहरी स्वास्थ्य केन्द्र किर्तिपुरमा आईतबार निःशुल्क आँखा परिक्षण शिबिर संचालन गरेको हो ।
नेपाल नेत्रज्योति संघ काठमाडौं शाखाका सभापति हुकुम प्रसाद पोख्रेलका अनुसार उक्त शिविरमा मोतिबिन्दु देखिएका ८ जना बिरामीहरुको किर्तिपुर आँखा अस्पतालमा निःशुल्क शल्याक्रिया गरिने छ । त्यस्तै उक्त शिबिरमा ९८ जनालाई निःशुल्क चश्मा समेत वितरण गरिएको थियो ।
उक्त कार्यक्रममा किर्तिपुर नगरपालिका वडा नं ७ वडाध्यक्ष दिवाकर अधिकारी, नेपाल नेत्रज्योति संघका महासचिव भरतबहादुर चन्द, कार्यकारी निर्देशक डा.शैलेश कुमार मिश्र, किर्तिपुर आँखा अस्पतालका चिफ मेडिकल डाईरेक्टर डा.एरिक बैद्य लगाएको उपस्थिती थियो ।
प्रत्येक वर्ष चैत १३ गते नेपाल नेत्रज्योति सङ्घको स्थापना दिवसका अवसरमा नेत्रज्योति दिवस मनाइन्छ। यस विशेष दिनका अवसरमा नेपालमा आँखा स्वास्थ्य सेवाको विकास, अन्धोपन न्यूनीकरण तथा सर्वसाधारणलाई सर्वसुलभ, गुणस्तरीय र सहज आँखा उपचार सेवा विस्तारमा सङ्घले पुर्याएको योगदान स्मरण गर्दै आँखा स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्दै सुरक्षित दृष्टिका लागि सबै सरोकारवालालाई सहकार्य र सक्रिय सहभागिताका लागि प्रेरित गर्न विभिन्न कार्यक्रम आयोजना गरिन्छ।
Shares