एभरेष्ट बैंकको नाफा ७.८८ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा २ अर्बमाथि
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार बैंकको नाफामा बृद्धि देखिएको छ ।
यस अवधिमा बैंकले १ अर्ब ७१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.८८ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १.२७ प्रतिशतले घटेको छ भने सञ्चालन मुनाफा भने ४.५७ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा बैंकको निष्कृय कर्जा ०.५५ प्रतिशतबाट बढेर ०.७७ प्रतिशत पुगेको छ ।
पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ४० करोड रुपैयाँ रहको छ। बैंकको प्रतिशेयर आम्दानी २९ रुपैयाँ १२ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ २१९.् रुपैयाँ ५७ पैसा रहेको छ ।
Shares