श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको सेयर सर्वसाधारणलाई बिक्रीमा

अर्थकागज
प्रकाशित: ३० असार २०८२
Image description

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको संस्थापक सेयर बिक्री खुला भएको छ । कम्पनीले कुल ६ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणमा बिक्री खुला गरेको हो ।

सेयर खरिद गर्न इच्छुक जोकोही व्यक्ति वा संघसंस्थाले ७ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय कार्यालय, डिल्लीबजार, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

यसअघि कम्पनीकै कायम संस्थापक सेयरधनीका लागि बिक्री खुलाए पनि पर्याप्त आवेदन नपरेपछि सर्वसाधारणमा बिक्री खुला गरिएको हो ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर