१६ प्रतिशतले घट्यो नेपाल टेलिकमको नाफा

अर्थकागज
प्रकाशित: ३० साउन २०८१
Image description

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

गत आर्थिक वर्षको अन्तिम त्रैमासमा कम्पनीले ६ अर्ब ६१ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । टेलिकमको नाफा गत वर्ष यसैअवधिको तुलनामा १६.४४ प्रतिशतले ले कम हो । अघिल्लो वर्ष यसले ७ अर्ब ९२ करोड १ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यता, असार मसान्तसम्म आइपुग्दा कम्पनीको सञ्चालन आम्दानी भने घट्न पुगेको छ । गत वर्ष ३६ अर्ब २७ करोड रुपैयाँ सञ्चालग आम्दानी गरेको कम्पनीको अहिले घने घटेर ३४ अर्ब ४४ करोड रुपैयाँमा झरेको छ । त्यसैगरी, वित्तीय आम्दानी पनि ७ अर्ब ७७ करोडबाट घटेर ६ अर्ब ४८ करोड रुपैयाँमा झरेको छ ।

चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको टेलिकमको रिजर्भ कोषमा ७६ अर्ब ५७ करोड रुपैयाँ रहेको छ । कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । गत वर्ष ४४ रुपैयाँ रहेको यसको प्रतिसेयर आम्दानी अहिले बढेर ३६ रुपैयाँ ७७ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ भने ५२५ रुपैयाँ ४३ पैसा रहेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर