सुनको भाउ तोलामै २७ सयले घट्यो

अर्थकागज
प्रकाशित: ०३ फागुन २०८१
Image description

काठमाडौं । आज आइतबार सुनको भाउ घटेको छ । शुक्रबार प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा २७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ६७ हजार हजार ५ सय रुपैयाँ कायम भएको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ४३ हजार ६ सय ५ रुपैयाँ तोकिएको छ। आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९ सय ५५ रुपैयाँ तय भएको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ६ सय ७६ रुपैयाँ तोकिएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर