प्रभु बैंक लिमिटेडद्वारा 'ग्लोबल मनी विक –२०२६'कार्यक्रम सम्पन्न

अर्थकागज
प्रकाशित: ०७ चैत २०८२
Image description

काठमाडौं । प्रभु बैंक लिमिटेडले “Smart Money Talks”  भन्ने मूल नाराका साथ 'ग्लोबल मनी विक–२०२६' अन्र्तगत विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम २०८२ चैत्र ०२ गते देखी आरम्भ भई मिति २०८२ चैत्र ०८ मा सम्पन्न गरेको छ । बैंकले मुलुकभरका सातै प्रदेश स्थित आफ्ना २०० भन्दा बढी शाखाहरु मार्फत बिभिन्न स्थानहरुमा साताव्यापी अभियानलाई सफल तुल्याउनका निम्ति वित्तीय साक्षरता, बालबालिका र युवालक्षित चेतनामूलक तथा प्रभातफेरी कार्यक्रमहरु आयोजना गरेकोे छ ।
बैंकले “Smart Money Talks”  भन्ने विषयवस्तुमा केन्द्रित भई विभिन्न समुदाय, महिला र बालबालिका, स्कुल तथा कलेजहरुमा आधुनिक बैंकिङ्ग, बचत, ऋण, लगानी, विद्युतीय बैंकिङ्ग सेवा र यसमा अपनाउनुपर्ने सावधानीहरु समावेश गरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेकोे छ । बैंकले आफ्नो आधिकारीक सामाजिक सञ्जालबाट समेत यस सम्बन्धमा सचेतना अभिबृद्धि गर्दै आएको छ । अज्ञात स्रोतबाट प्राप्त लिंक कतै नखोल्न, संंवेदनशिल विवरण शेयर नगर्न, डिजिटल ठगीबाट सुरक्षित रहन समेत विभिन्न सूचनाहरु सम्प्रेषण गर्दै आएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले सातै प्रदेश अन्र्तगत वित्तीय साक्षरता कार्यक्रम अगाडी बढाएको छ ।
कार्यक्रम संचालन भएका प्रदेश तथा शाखाहरु ः
वाग्मती प्रद्ेश–४७ शाखा, गण्डकी प्रदेश–५२ शाखा, लुम्बिनी प्रदेश–१६ शाखा, कोशी प्रदेश–३९ शाखा, मधेश प्रदेश–२९ शाखा, कर्णली प्रदेश–१४ शाखा र सुदुरपश्चिमका १९ शाखाहरुबाट कार्यक्रम संचालन गरिएको थियो ।
बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ६८ एक्सटेन्सन काउन्टर मार्फत करिब ३६ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छा’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर