२५ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको सुरुङको काम सुरु

अर्थकागज
प्रकाशित: ०२ असार २०८१
Image description

पश्चिम म्याग्दीको मालिका गाउँपालिका– ६ मा निर्माणाधीन २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको छ्यारछ्यारे माथिको ढाँडखर्कमा अडिट नं २ सुरुङको काम सुरु भएको छ।

गैरआवासीय नेपालीको लगानीमा निर्माण गर्न सुरु गरेको सो आयोजनाको सुरुङ खन्ने काम पाँच महिनादेखि रोकिएको थियो।

विसं २०७५ देखि पूर्वाधार निर्माण सुरु भएको यस आयोजनाको करिब एक किलोमिटर लम्बाइको पहिलो अडिटको काम सकिएको आयोजनाका प्रमुख गोपाल रेग्मीले जानकारी दिए।

‘सुरुङ खन्ने जिम्मा लिएका ठेकेदार काम छोडेर माघमा बेपत्ता भएपछि काम रोकिएको थियो,’ आयोजना प्रमुख रेग्मीले भने, ‘अहिले आयोजनाले नै कामदार खोजेर अडिट नं २ को काम काम सुरु गरेका छौं।’

मालिका गाउँपालिका–६ को गोचाखोलादेखि पूर्वतर्फ पाँच सय मिटर र गोजुवा ९इल्पु०तर्फ पाँच सय मिटर गरी एक किमी सुरुङ खनिसकिएको उनले बताए।

आयोजना प्रमुख रेग्मीका अनुसार जेठ मसान्तसम्म जलविद्युत् आयोजनाको कूल १५ प्रतिशत र सुरुङ खन्ने काम ४२ प्रतिशत पूरा भएको छ।

उनका अनुसार जम्मा दुई हजार ९ सय मिटर सुरुङ निर्माण गर्नुपर्नेमा अहिलेसम्म १ हजार मिटर मात्र खनिएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर