सांग्रिला डेभलपमेन्ट बैंक २० औं बर्षमा प्रवेश
प्रकाशित:
१२ कात्तिक २०८१
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक १९ औं वर्ष पार गरी आजदेखि २० औं बर्षमा प्रवेश गरेको छ । २० औं बर्षसम्म आइपुग्दा सांग्रिला डेभलपमेन्टले बैंक तथा वित्तीय क्षेत्रमा आफुलाई अब्बल रुपमा उभ्याउन सफल भएको छ । बैंकले आज पर्ने गएको बार्षिकउत्सवको अवसरमा ग्राहक महानुभावलाई यसरी सम्बोधन गरेको छ -'२० वर्षको उत्कृष्ट सेवाको यात्रामा, सांग्रिला डेभलपमेन्ट बैंकप्रति तपाईँहरुको निरन्तर साथ र विश्वासलाई सम्मान गर्दै, हामी अझ प्रभावकारी र ग्राहक–मुखी सेवा प्रदान गर्ने वाचा गर्दछौं।
हाम्रो यो सफलता सम्मानित ग्राहक र सहयात्रीहरूको प्रेरणादायी साथको परिणाम हो। आगामी दिनमा पनि अझ समर्पणका साथ सेवा पुर्याउने प्रतिज्ञा गर्दै, हामी सबैप्रति हार्दिक आभार व्यक्त गर्दछौं।'
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares