एफपिओ निष्काशनको प्रस्तावसहित नेशनल लघुवित्तले डाक्यो साधारणसभा

अर्थकागज
प्रकाशित: २० फागुन २०८०
Image description

काठमाडौं । नेशनल लघुवित्त वित्तिय संस्था लिमिटेडले बार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको फागुन १७ गते बसेको संचालक समितीको बैठकले साधारणसभा बोलाउने निर्णय गरेको हो ।

उक्त निर्णय अनुसार कम्पनीको १० औँ बार्षिक साधारणसभा आगामी चैत्र १६ गते धुलिखेल लज रिसोर्ट, धुलिखेलमा विहान १०ः३० बजेका लागि साधारणसभा बोलाइएको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ समेत गरी ७.५० प्रतिशत नगद लाभांश गरी जम्मा १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।

सभाले थप सार्वजनिक निष्काशन(एफपीओ) निष्काशन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । संस्थापक सेयरधनीहरुको तर्फबाट ४ जना र सर्वसाधारणको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनार्थ फागुन ३० गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ जसअनुसार फागुन २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर