७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कसको कति लाभांश र कहिले साधारणसभा ?

अर्थकागज
प्रकाशित: १७ पुस २०८०
Image description

काठमाडौं । आज अर्थात पुष १८ गते विभिन्न ७ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । यी ७ वटा कम्पनीको सेयर आजसम्म हुने लगानीकर्ताले लाभांश र साधारणसभामा भाग लिन पाउने छन् । भोली अर्थात पुष १९ गते बुक क्लोज तोकेको छन् । लक्ष्मी सनराइज बैंक,नेपाल टेलिकम, मुक्तिनाथ विकास, महालक्ष्मी विकास, बुटवल पावर कम्पनी, ग्लोबल आइएमई लघुवित्त र शिवम् सिमेन्ट्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कति लाभांश र कहिले साधारणसभा ?

लक्ष्मी सनराइज बैंकले पुस २६ गते अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा दिउँसो २ बजे वार्षिक साधारण सभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट ७% बोनस सेयर र कर प्रयोजनका लागि ०.३७% नगद लाभांश वितरण गर्दैछ ।

त्यसै गरी नेपाल टेलिकमले गत वर्षको नाफाबाट लगानीकर्तालाई ४०% नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न पुस २९ गते साधारण सभा डाकेको छ । सभा राष्ट्रिय सभा गृह प्रदर्शनीमार्ग काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

त्यसै गरी मुक्तिनाथ विकास बैंकले पुस २८ गते सिटी स्क्वायर न्यूरोड, पोखरामा दिउँसो १ बजे वार्षिक साधारण सभा बोलाएको छ । बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई ९.७५% बोनस सेयर र कर प्रयोजनका लागि ०.५१% नगद लाभांश वितरण गर्दैछ ।

त्यसै गरी महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट नगद लाभांश वितरण गर्ने भएको छ । उक्त लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा लैनचौर ब्यांक्वेट लैनचौर, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

त्यसै गरी शिवम् सिमेन्ट्सले पुस २७ गते राष्ट्रिय सभा गृह प्रदर्शनीमार्ग, काठमाडौंमा बिहान ९ बजे साधारण सभा बोलाएको छ । कम्पनीले गत वर्षको नाफाबाट प्रतिशत १४.२५% बोनस सेयर र कर तिर्न ०.७५% नगद लाभांश वितरण गर्दै छ

त्यसै गरी ग्लोबल आइएमई लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कर सहित १०% नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न पुस २९ गते साधारण सभा डाकेको छ । सभा बेस्ट रिर्सोट नेपाल लेकसाइड, पोखरामा बिहान ९ बजेदेखि सुरु हुनेछ ।

बुटवल पावर कम्पनीले पुस २८ गते कार्की ब्यांक्वेट बबरमहल, काठमाडौंमा बिहान ११ बजे साधारणसभा डाकेको छ । कम्पनील गत वर्षको नाफाबाट करसहित ५% नगद लाभांश वितरण गर्दैछ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर