अन्नपुर्ण केबलकारको साधारणसभा आज, आईपीओ निष्काशनको प्रस्ताव पारित हुने
प्रकाशित:
१० फागुन २०८०
अन्नपुर्ण केबलकार कम्पनी लिमिटेडको साधारणसभा आज दिनको २ बजेदेखि वाटरफ्रन्ट रिसोर्ट लेकसाईड पोखरमा दिनको २ बजेदेखि सुरु हुनेछ । कम्पनीको माघ १२ गते बसेको सञ्चालक समितीले साधारणसभा आज गर्ने निर्णय गरेको थियो ।
सभाले सर्वसाधारणका लागि आईपिओ जारी गर्ने प्रस्ताव सहित विभिन्न प्रस्ताव हरु पारित गर्नेछ । साथै सभाले गत आर्थिक बर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाबमा छलफल गरी पारित गर्ने छ भने चालु आर्थिक बर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares