३६.८४२१ % लाभांश पारित गर्न सोल्टी होटलले बोलायो साधारण सभा, कहिले र कहाँ ?
प्रकाशित:
०८ मंसिर २०८३
काठमाडौं । सोल्टी होटलले साधारणसभा बोलाएको छ । पुस २१ गते विहान १० बजे त्रिभुवन आर्मी अफिसर्स क्लब सभामण्डप हल, टुँडिखेल, सुन्धारा, काठमाडौँमा ५२ औँ वार्षिक साधारण सभा बोलाएको हो ।
होटलले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित १६.८४२१ प्रतिशतका दरले नगद लाभांश वितरण गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ होटलले पुस १ गतेदेखि पुस २१ गतेसम्म बुकक्लोज गर्ने भएको छ।
यस अनुसार मंसिर २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले होटलको साधारण सभामा सहभागिता जनाउन तथा होटलले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares