खर्बौंको बजारसँग लंगुर्बुर्जाको जस्तो ब्यवहार !
राष्ट्र बैंकले सेयर धितो कर्जाको क्याप संसोधन गर्दै व्यक्तिगततर्फ १५ करोड र संस्थागतलाई २० करोड कायम गरेको छ । राष्ट्र बैंकको चेपुवा नितीबाट थिलथिलो बनेको पुँजी बजारमा समय समयमा लिने निति नियमको परिवर्तन हेर्दा खर्बौंको बजारसँग लंगुर्बुर्जाको जस्तो ब्यवहार गर्ने गरेको छ ।
नेपालको सेयर बजार टुकुटुक हिँड्न थालेको समयमा नियामक निकायबाट बेला बेलामा ‘बेमौसमी बाजा’ बजाउँने गर्दा आमलगानीकर्ताको सम्पत्तिमा गम्भीर समस्या देखा पर्दै आएको छ ।
राष्ट्रबैंकका कतिपय बजारविरोधी व्यवस्था, नियामकको बेमौसमी प्रहार, ब्याजको मारमा प्रताड़ित लगानीकर्ता चारै तिर बाँट थिलथिलो हुदै गएको पुँजी बजारमा ब्याजदर वृद्धिको अस्वस्थ प्रतिस्पर्धा लगायतका कारणले बजार घटिरहँदा धेरै लगानीकर्ता अलमलमा छदैछन् त्यस्को बाबजुद लगानीकर्ता हरुलाई चर्याई रहेको घाँउमा राष्ट्रबैंकले थप नुन चुक छर्किएको छ ।
प्रतिक्रियाहरू
sriKrishna dawadi
2 years ago
FD / deventure जिन्दावाद
दिब्य
2 years ago
योग्यता बिहिन र कुनियत भयको मन्त्री र गभर्नर बाट देश चलाउदाको परिणाम हामी नेपालीले भोग्न परेको छ।
Sunil Raut
2 years ago
Be positive
Shares