स्नो रिभर्सलाई IPO निष्कासन गर्न बोर्डको अनुमति
प्रकाशित:
१८ माघ २०८२
काठमाडौं । स्नो रिभर्स लिमिटेडलाई नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आईपीओ लागि अन्तिम स्वीकृति प्रदान गरेको छ। बोर्डले आज, २०८२ माघ १८ गते आइतबार कम्पनीलाई सार्वजनिक शेयर निष्कासनका लागि विवरण पत्र प्रकाशन गर्न अनुमति दिएको हो।
बोर्डले दिएको स्वीकृति अनुसार स्नो रिभर्स लिमिटेडले कुल १८ करोड ७५ लाख रुपैयाँ बराबरको साधारण शेयर सर्वसाधारणमा जारी गर्नेछ। यसका लागि कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका १८ लाख ७५ हजार कित्ता शेयर निष्कासन गर्ने तयारी गरेको छ। लामो समयदेखि नयाँ आईपीओको पर्खाइमा रहेका लगानीकर्ताहरूका लागि यो एउटा उत्साहजनक खबर हुन सक्छ।
यस आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सानिमा क्यापिटल लिमिटेडले पाएको छ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares