यी स्थानमा आज बर्षाको संभावना, मङ्गलबारदेखि मौसममा सुधार हुने
प्रकाशित:
१८ कात्तिक २०८१
काठमाडौँ । बागमती प्रदेश र कोशी प्रदेशको केही पहाडी भूभागमा आज हल्का वर्षा भएको छ।
मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार सोमबार विशेष गरी बागमती, कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान, बाँकी पहाडी भूभागको थोरै स्थान तथा तराईका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
हल्का वर्षा हुने भएकाले यसबाट खासै प्रभाव नपर्ने वरिष्ठ मौसमविद् कँडेलले उल्लेख गरे। मङ्गलबारदेखि क्रमिकरुपमा मौसममा सुधार हुँदै जाने उनले जानकारी दिए ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares