थप दुई वटा कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत
प्रकाशित:
१५ जेठ २०८१
काठमाडौं । थप दुई कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा सूचीकृत भएको छ । बुधवार एनएलजी इन्स्योरेन्स र स्वरोजगार लघुवित्तको १२ लाख ४ज्ञ हजार ६४२ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा स्वरोजगार लघुवित्तको ७ प्रतिशत बापतको ४ लाख ३९ हजार ४० दशमलव ६५ कित्ता र एनएलजीको ८ लाख २ हजार ६०१ दशमलव ६९ कित्ता बोनस सेयर सूचीकृत भएको छ।
यी दुवै कम्पनीको बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares