माया खोला हाइड्रोलाई १ करोड कित्ता हकप्रद सेयर निष्कासनको अनुमति

अर्थकागज
प्रकाशित: १७ भदौ २०८३
Image description

काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले १ करोड कित्ता हकप्रद सेयर निष्कासनका लागि विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति प्राप्त गरेको छ । 

कम्पनीले नेपाल धितोपत्र बोर्डलाई जानकारी दिँदै हाल कायम १ अर्ब रुपैयाँ चुक्ता पुँजीको १ः१ अनुपातमा १ करोड कित्ता हकप्रद सेयर जारी गर्न आयोगबाट अनुमति प्राप्त भएको जनाएको हो ।कम्पनीको नवौं वार्षिक साधारणसभाले हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेपछि पूर्वस्वीकृतिका लागि विद्युत नियमन आयोगमा निवेदन पेश गरिएको थियो ।

विद्युत नियमन आयोगले भदौ १७ गतेको पत्रमार्फत १ अर्ब रुपैयाँ बराबरको १ करोड कित्ता हकप्रद सेयर निष्कासन गर्न पूर्वस्वीकृति दिएको कम्पनीले जनाएको छ ।

कम्पनीले उक्त जानकारी नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से) र अन्य सम्बन्धित निकायलाई पठाएको छ ।



प्रतिक्रियाहरू

सम्बन्धित खबर