भगवति हाइड्रोपावरमा मनोरञ्जन र भाडाको नाममा लुटतन्त्र, कुन शिर्षकमा कति खर्च ?
काठमाडौं । भगवति हाइड्रोपावर डेभलपमेण्ट कम्पनीमा संचालक र व्यवस्थापन मिलेर लुटतन्त्र मच्चाएका छन् । खर्च धेरै देखिने भएपछि सेयरधनीलाई झुक्याउन एउटै शिर्षकलाई छुट्टा छुट्टै कोलम बनाई खर्च देखाएका छन् । कम्पनीको आर्थिक वर्ष २०८०/०८१ को बार्षिक प्रतिवेदन हेर्दा भाडाको नाममा लाखौं रुपैयाँ खर्च भएको देखिएको छ । कम्पनीले घर भाडामा ९ लाख २७ हजार रुपैयाँ, अफिस भाडा काठमाडौं ६ लाख ३९ हजार ९९७ रुपैयाँ र अफिस भाडा पोखारा २ लाख १६ हजार रुपैयाँ खर्च गरेको छ । अफिसको भाडा तिर्नु पर्छ र घर भाडा भनेर ठुलै रकम देखाएको छ । यो चाही संचालक र व्यवस्थापनले मिलेर यो रकम गोजी हालेको हुन् । यो रकम बुधबार अर्थात असोज १६ गते हुने बार्षिक साधारणसभामा सेयरधनीले उठाउनु पर्ने देखिन्छ । त्यसै गरी कम्पनीले मनोरञ्जनको नाममा लाखौं रकम खर्च गरेको छ । पाहुन मनोरन्ज शिर्षकममा ५ लाख ७१ हजार ७४६ रुपैयाँ खर्च गरेको छ । त्यसैगरी अर्काे मनोरन्जनमा खर्च शिर्षकममा १२ हजार रुपैयाँ खर्च भएको छ । कम्पनीले यात्रा खर्चमा ३ लाख ६४ हजार ६४ रुपैयाँ खर्च गरेको छ । कम्पनीको एक कर्मचारीको अनुसार संचालक र व्यवस्थापन मिलेर विभिन्न शिर्षक बनाई खर्च देखाई पैसा व्यक्तिगत रुपमा फाइदा लिदै आइरहेका छन् । कम्पनीले संचालकहरुको भत्ता मात्रै १० लाख २७ रुपैयाँ खर्च गरेको छ । त्यसै गरी भत्ताको अर्काे शिर्षक अन्य भत्ता बापत ७ लाख ३५ हजार संचालकहरु गोजीमा हालेका छन् । अघिल्लो आर्थिक वर्षमा भने अन्य भत्ता शिर्षक बनाई १० लाख २० हजार रुपैयाँ बुझेका रहेछन् । कम्पनीले पानी व्यवस्थापन खर्च मात्रै ६ लाख ८१ हजार १८१ रुपैयाँ गरेको छ । यो कस्तो खर्च हो ? सेयरधनीले साधारणसभामा खोज्नु खर्च हो । कम्पनीले तलव खर्च उत्पादन भनेर ९१ लाख २ हजार ५२६ रुपैयाँ खर्च गरेको छ । कम्पनीले इन्धनमात्रै ७ लाख १० हजार ३२८ रुपैयाँ खर्च गरको छ ।
कम्पनीको कुन शिर्षकमा कति खर्च ?
var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))};
document.write('
');
Shares