लक्ष्मी सनराइज बैंकले गर्‍यो नवौं आमन्त्रण गल्फ प्रतियोगिता

अर्थकागज
प्रकाशित: ०१ मंसिर २०८१
Image description

काठमाडौँ । लक्ष्मी सनराइज बैंकले नवौँ आमन्त्रण गल्फ प्रतियोगिता काठमाडौँको गोकर्ण रिसोर्टमा सम्पन्न गरेको छ ।उक्त प्रतियोगितले बैंकको शून्य कार्बन अवधारणा र हरित पहलहरुप्रतिको प्रतिबद्वतालाई जोड दिएको थियो ।

प्रतियोगिता पूर्व यस प्रतियोगितामा हुने सम्भावित सम्पूर्ण कार्बन उत्सर्जनको अध्ययन गर्दा उक्त कार्यक्रममा १ टन कार्बन उत्सर्जन हुने र त्यसलाई परिपुर्ति गर्न ४५ वटा रूख वृक्षारोपण गरिनुपर्ने आकलन गरिएको थियो । यधपि बैंकले कुल १००० वटा रुख रोप्ने प्रतिबद्धता जनाएको छ । साथै हरेक सहभागीहरुलाई हरित तथा दिगो भविष्यको लागि आफ्नो व्यक्तिगत योगदान स्वरूप १–१ बिरुवा पनि प्रदान गरिएको थियो । कार्यक्रममा १०७ गोल्फरहरुको सहभागिता रहेको थियो जसमा ८ महिला प्रतियोगीहरू थिए । सहभागीहरुले ३४ ह्यान्डिक्यापको साथ १८ होल स्टेबलफोर्ड ढाँचामा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा विभिन्न क्षेत्रका कर्पोरेट लिडर, गोल्फ उत्साही तथा दिगोपनका अधिवक्ताहरुको उपस्थिती थियो ।

विजेताहरुलाई लक्ष्मी सनराइजका अध्यक्ष रमण नेपालले पुरस्कार प्रदान गर्नुका साथै बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे र क्लबका क्याप्टेन जोसेफ नाथनले सम्मान गर्दै सो प्रतियोगिताको दिगोपनप्रतिको प्रतिबद्वतालाई थप जोड दिएका थिए ।

प्रतियोगिताको हाइलाईटः

–विजेता आत्माराम सिम्खडा (४३ अंक)

–उपविजेता आशिष लाल श्रेष्ठ (४२ अंक)

–उत्कृष्ट ग्रस टाशी छिरिङ (३८ अंक)

–वरिष्ठ श्रेणी विजेता तुलसी भट्ट (४० अंक)

–महिला विजेता तारा कार्की चित्रकार (३५ अंक)

–महिला उपविजेता सुमित्रा खड्का (३० अंक)

–सबैभन्दा लामो ड्राइभ नोर्बु छिरिङ शेर्पा

–पिनको नजिक अनिल कुमार सिन्हा




प्रतिक्रियाहरू

सम्बन्धित खबर