माउन्टेन इनर्जीको १५ प्रतिशत बोनस सेयर हितग्राही खातामा जम्मा

प्रकाशित:
२९ जेठ २०८१

माउन्टेन इनर्जी नेपाल लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट पारित गरेको १५ प्रतिशत बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ।
कम्पनीको २०८० चैत १३ गते सम्पन्न १० औँ वार्षिक साधारण सभाले १५ प्रतिशत बोनस सेयर र सो को कर प्रयोजनका लागि ०.७८९५ प्रतितश नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन ३० गते बुकक्लोज गरेको थियो त्यसैले फागुन २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुको खातामा उक्त बोनस सेयर जम्मा गरेको हो। सो बोनस शेयर गत शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको थियो।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares