चिलिमे हाइड्रोको नाफामा गिरावट, बिद्युत बिक्रि आम्दानी ६१ करोड
काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
यस अवधिमा कम्पनीले ३७ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.५१ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४० करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा कम्पनीको बिद्युत बिक्रि आम्दानी पनि २. प्रतिशतले घटेर ६१ करोड २० लाख रुपैयाँ रुपैयाँ पुगेको छ। त्यसैगरी, समीक्षा अवधिमा कम्पनीको वित्तीय आम्दानी १०.१५ प्रतिशत घटेको छ।
नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्षको पुस मसान्तसम्मको तुलनामा न्यून अतिरिक्त विद्युत उर्जा खरिद गरेका कारण कम्पनीको विद्युत बिक्री आम्दानी घटेको कम्पनीले जनाएको छ ।
समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी(ईपिएस) घटेर ९ रुपैयाँ ५० पैसा पुगेको छ भने कम्पनीको प्रतिसेयर नेटवर्थ १३१.८० रुपैयाँ रहेको छ ।
प्रतिक्रियाहरू
Yam prasad dhotal
2 years ago
चिलिमे जलविद्युत कम्पनी अत्यन्तै राम्रो कम्पनी हो।
Yam prasad dhotal
2 years ago
चिलिमे जलविद्युत कम्पनी अत्यन्तै राम्रो कम्पनी हो।
Sanjib Neupane
2 years ago
Chilime ko cash lavansa chai aako aba kitta thapne bisaya ma chai kaile k hunxa
Shares