रिद्धिसिद्धि सिमेन्टको “मकवानपूर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०” छात्रवृत्तिको कार्यक्रम सम्पन्न

अर्थकागज
प्रकाशित: २८ साउन २०८०
Image description

मकवानपुर । रिद्धि सिद्धि सिमेन्ट लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपूर जिल्लालाई लक्षित गरि आयोजना गरेको “मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०” को छात्रवृत्ति कार्यक्रम सम्पन्न गरिएकोे छ ।

यस छात्रवृत्ति कार्यक्रममा कुल १०९ विद्यार्थीहरु सहभागी भएका थिए । रोबोटिक ल्याबमा बनेको स्मार्ट सिमेन्ट रिद्धि सिद्धि सिमेन्टले आयोजना गरिएको यस कार्यक्रममा लिखित परीक्षा तथा दौड प्रतियोगिता मार्फत पिप्ले रंगशालामा बृहत कार्यक्रम आयोजना गरेको छ ।

यस कार्यक्रममा मकवानपुर जिल्लाबाट एस.ई.ई परीक्षामा ४ जि.पि.ए. ल्याएकी डौफिन राइका मगरलाई सम्मान स्वरूप नगद रु १०,००१ प्रदान गरिएको थियो ।

साथै यस कार्यक्रममा सुरक्षा प्रदान गरिदिनु हुने जिल्ला प्रहरी कार्यालय मकवानपुर, शैक्षिक विज्ञं तथा अनुगमन निकाए अन्तर्गत जिल्ला शिक्षा ईकाई समिति, हेटौडा उप महानगरपालिका वडा नं ५ को समन्यवयमा स्थान उपलब्द गराई दिनुहुने पिप्ले युवा क्लव तथा सन्चो हस्पिटलबाट मेडिकल सहयोग गरिदिने सम्पूर्ण संस्थाहरुलाई हार्दिक कृतज्ञ अर्पण गर्दै प्रमाण पत्र सहित सम्मान गरिएको थियो ।

यसका साथै बिद्यार्थी, अभिभावक, बिद्यालयका प्रधान अध्यापक, शिक्षक बर्गहरुको उल्लेखनिय सहभागिता भएको थियो ।

यस छात्रवृत्तिका कार्यक्रम अन्तर्गत कम्पनीले पहिलो हुने विद्यार्थीलाई मासिक रुपमा रु. ५०००/–, दोश्रो हुनेलाई रु. ३५००/–, तेश्रो हुनेलाई रु. २५००/– साथै सान्त्वना स्वरुप थप ८ विद्यार्थीलाई मासिक रुपमा रु.१५००/– एक वर्षसम्म उपलब्ध गराउने छ ।

एस.ई.ई परीक्षामा उपलब्ध अङ्क, दौड प्रतियोगिता साथै IQ परीक्षामा सोधिएका सम्पूर्ण अंकहरु जोडी उत्कृस्ट ११ स्मार्ट विद्यार्थीहरु चुनेने छन् । उ

क्त कार्यक्रममा भाग लिएका विद्यार्थीहरुको नतिजा यही भाद्र १ गते सुक्रबार कम्पनीकोे आधिकारिक वेवसाईट (www.riddhisiddhicements.com) तथा फेसबुक पेजमा - https://www.facebook.com/RiddhiSiddhicements)   प्रकाशित गरिने छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर