हाथवे इन्भेष्टमेन्टको साधारणसभा आज, लाभांशसहित यी प्रस्ताव पारित हुने
प्रकाशित:
२४ कात्तिक २०८१
काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको १६ औँ बार्षिक साधारणसभा आज कार्तिक २५ बिहान १० बजेदेखि आम्रपाली ब्याङ्केट, काठमाडौँमा सुरु हुनेछ।
सभाले कम्पनीले गत आर्थिक बर्षबाट प्रस्ताव गरेको लाभांश पारित गर्नेछ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६ प्रतिशत लाभांश गरी कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभाले लाभांश सहित प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
कम्पनीले साधारणसभा प्रयोजनार्थ कार्तिक ७ गते बुकक्लोज गरेको थियो त्यसैले कार्तिक ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरु मात्र सभामा सहभागि हुन सक्नेछन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares