ईङवा हाइड्रोपावर नाफामा, बिद्युत बिक्रि आम्दानी ७ करोड नाघ्यो

अर्थकागज
प्रकाशित: ०३ मंसिर २०८१
Image description

काठमाडौं । ईङवा हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको नाफा बढेको छ ।

असोज मसान्तसम्ममा कम्पनीले १ लाख ४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद मुनाफा १ लाख ३६ हजार रुपैयाँ ऋणात्मक रहेको थियो ।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीबाट ७ करोड १७ लाख रुपैयाँ आम्दानी गरेको छ अघिल्लो बर्ष कम्पनीको विद्युत बिक्रि आम्दानी थिएन । ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य ईक्विटीमा ३ करोड ८ लाख रुपैयाँ ऋणात्मक रहेको छ। असोज मसान्तसम्ममा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ७ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ९४ रुपैयाँ ८६ पैसा रहेको छ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर