सिटी एक्सप्रेसको दशैं तिहार योजना सार्वजनिक, १८ गुणा बढी रकम पाउने मौका

अर्थकागज
प्रकाशित: ३० भदौ २०८१
Image description

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैंतिहार तथा छठ पर्वलाई लक्षित गर्दै १८ वर्ष प्रवेश गरेको उपलक्ष्यमा ९० दिनसम्म चल्ने ‘१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौं गुणा’ उपहार योजना घोषणा गरेको छ ।

कम्पनीको यो उपहार योजनाअन्तर्गत लक्की ड्रमार्फत् हरेक महिना दुई जनालाई सामसुङको स्मार्ट फोन, हरेक हप्ता दुई जनालाई सामसुङको स्मार्ट टिभी साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेताहरुलाई जनही ५०० रुपैयाँको वालेट टपअप र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफुले पठाएको रकमको १८ गुणा बढी रकम पाउने छन् ।

कम्पनीका अनुसार यो योजना आगामी असोज १ गतेदेखि मङिसर ३० गतेसम्म लागू हुनेछ । यो अवधिमा सिटी एक्सप्रेसमार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो योजनामा सहभागी हुन पाउने छन् ।

यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिने र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीको हकमा लागू नहुने पनि कम्पनीको भनाइ छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर