आईतबारदेखि स्वरोजगार लघुवित्तको एफपीओ बिक्री खुला
काठमाडौं । स्वरोजगार लघुवित्तको एफपीओ आइतबार अर्थात फागुन १८ गतेदेखि निष्काशन खुला हुने भएको छ । लघुवित्तले १ करोड ९५ लाख ७७ हजार ३०० रुपियाँबराबरको प्रतिशेयर १०० अंकित दरका १ लाख ९५ हजार ७७३ कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
उक्त कम्पनीको एफपीओ १९ हजार ५ सय ७४ जनाले १०–१० कित्ता र भाग्यमानी ३ जनाले ११–११ कित्ताका दरले पाउने छन् । अहिले सो कम्पनीको शेयर मूल्य रु। १ हजार माथि छ ।
एफपीओ निष्कासन बन्द छिटोमा फागुन २१ गते र ढिलोमा चैत ३ गते हुनेछ । साथै, एफपीओ निष्कासनपश्चात् लघुवित्तको चुक्ता पुँजी ६९ करोड ६ लाख ८२ हजार २९३ रूपियाँ पुग्नेछ । कम्पनीको धितोपत्र निष्कासक तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रियाहरू
prabin bhandari
1 year ago
ipo जस्तै हाे याे भनेकाे
Sukra Bahadur Pahari
1 year ago
Kasari hunccha sikaidinu na
Shares