पव्लिक कम्पनीको वार्षिक साधारणसभामा सेयरधनीहरुलाई तल्लो स्तरको ब्यबहार !

अर्थकागज
प्रकाशित: ०८ फागुन २०८०
Image description

केहि दिन अघि युनाइटेड अजोड इन्स्योरेन्सको बार्षिक साधारण सभामा केहि सेयरधनीहरुले एकजना पत्रकारलाइ घेरेर बिरोध गरिरहेका थिए । केहि दिन अगाडि रिलायबल नेपाल इन्स्योरेन्सको बार्षिक साधारण सभामा खाजा र खानको लागि १ घण्टा अगाडिदेखि लाइनमा बसिरहे भनेर भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेको रहेछ यसमा नै सेयरधनीहरुको बिमति रहेछ । त्यसोत कुनै पनि मिडियाले पत्रकारले कार्यक्रममा जे दखियो, जे भन्यो त्यही लेख्ने र प्रकाशन प्रशारण गर्ने हो । यसमा मिडियालाइ दोष दिने उपयुक्त हुदैन । यसमात कम्नीनको कमजोरी हो नि । त्यसोत केहि सेयरधनीहरुलो पनि आफ्नो बानि सुधार्न पर्ने देखिन्छ । त्यसोत केहि सेयरधनीहरुले रिलायबल नेपाल इन्स्योरेन्सले साधारणसभामा सेयरधनीहरुलाई माग्नेको जस्तो ब्यबहार गर्यो भनेर पनि भनेको सनियो । एक त सवारी साधन पाकिर्ङ गर्न ठाउँ नै पुग्दैन पाकिङ गर्नको लागिको ठाउँ नभएर कतिपय सेयरधनीहरु त फर्किएको पनि देखियो । त्यसैगरि नाम दर्ता गर्नको लागि पनि घम्साघस्सि नै गर्न पर्या । एक कप चिया पिउनको लागि पनि झण्डै एक घण्टा लाइनमा बस्न पर्यो भने खाजामा खाने ठाउँ पनि निकै सागुरो खाजामा पनि एक टुक्रा सानुविच, २ टुक्रा पकौडा , २ टुक्रा आलु, २ टुक्रा मासु. र एक चम्चा बदाम खुवाएको थियो । त्यसको लागि पनि १ घण्टा लाइनमा बस्नु पर्यो । कतिपयले त खाजा नै नखाइ फर्किएको पनि थियो । खाजाको कुपन अहिले सम्म सुरक्षित छन् ।

कम्पनीको सर्बसाधाणहरुलाई सेयर बितरण गरेको पहिलो सभामा कम्पनीले सेयरधनीलाई माग्नेलाइ जस्तो ब्यबहार गर्यो भनेर कम्पनीको आलोचना गरेको पनि देखियो । कम्पनीहरुको बार्षिक साधारण सभा भनेको कम्पनी र सेयरधनीलाई जोड्ने कडि हो । साधारणसभाहरुमा पर्याप्त मात्रामा सेयरधनीहरुको उपस्थिति नरहेमा साधारण सभानै खल्लो हुन्छन् । तर केहि कम्पनीहरुले सेयरधनीलाई सभामा मान दिएको भने देखिदैन । सभामा ब्यबस्थापन पनि राम्रो गरेका हुदैन । सभामा सेयरधनीलाई खाना खुवाउन कन्जुसाइ गरर्छन् । सेयरधनीहरुको लागि खाना खुवाउन कम्पनीको पदाधिकारीहरुको श्रिमतिको दाइजोको रकम ल्याएर खुवाउन पर्ने होइन सभामा जति खर्च हुन्छ कमपनीले खर्चमा देखाउने हो, कम्पनीले नै खर्च गर्ने हो भनौ सेयरधनीहरुको पैसा नै खर्च गर्ने हो । त्यसोत यस्तो ब्यबहार गर्नेमा रिलायबल नेपाल इन्स्योरेन्स एक्लो होइन थुप्रै छन यस्तो ब्यबहार गर्ने कम्पनीहरु । त्यसोत सेयरहरु पनि एकजुट छैन । कतिपय सेयरधनीहरु खानामा नै झुम्मिने गर्छन् । सेयरधनीहरु एकजुट भएर त्यहि बिरोध गर्नु पर्छ तर गर्दैन मन लाग्नेहरुले खान्छन मन नलाग्नेहरु त्यसै फर्कन्छन् । त्यसोत सेयरधनीहरुको तर्फबाट बोल्ने भन्ने गरेका केहि वक्ता सभामा बोल्ने सेयरहरु पनि नभएका होइनन् तर यिनिहरुले यस्ता बिषय उठाउँदैनन । यिनिहरुले कम्पनीको कमि कमजोरीहरुको बारेमा बोल्छ कि भनेर कम्पनीले नै यिनिहरुलाई बोलाइ डिनर खुवाएर यातायत खर्च भनेर केहि रकम पनि दिने गरेको बताउँछन जानकारहरु अनि नुनको सोझोत गर्नु परिहाल्यो भनेर पनि सभामा सेयरधनीहरु माझ चर्चाहरु भइरहन्छ ।

त्यसोत युनाइटेड अजोड इन्स्योरेन्सको साधारण सभामा पनि ब्यबस्थापन फिटलो थियो नाम दर्ता गर्नको लागिनै १ घण्टा जतित लाइन नै बस्न परेको थियो जम्मा २ वटा मात्र काउण्टर थियो । युनाइटेड अजोड इन्स्योरेन्सको साधारण सभामा सेयरधनीहरुको भिड नै थियो ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर