सामाजिक सुरक्षा कोषमा ७४ अर्ब ८४ करोड रुपैयाँ योगदान रकम संकलन, कति भयो दाबी भुक्तानी ?

अर्थकागज
प्रकाशित: १५ फागुन २०८१
Image description

काठमाडौं । सामाजिक सुरक्षा योजनाअन्तर्गत ७४ अर्ब ८४ करोड रुपैयाँ योगदान रकम संकलन भएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनाअन्तर्गत विभिन्न क्षेत्रका २० लाख ३८ हजार श्रमिकको योगदानबाट उक्त रकम जम्मा भएको हो । संकलन भएकामध्ये १३ अर्ब १९ करोड रुपैयाँ श्रमिकका नाममा दाबी भुक्तानी भएको छ । योजनामा सूचीकृत भएकामध्ये १४ लाख ७२ हजार ६४२ वैदेशिक रोजगारीमा रहेका श्रमिक रहेका छन् । सामाजिक सुरक्षा कोषले योगदानकर्ता श्रमिकबाट संकलन गरको ७४ अर्ब ८४ करोडमध्ये विभिन्न ४ योजनाअन्तर्गत १३ अर्ब १९ करोड रुपैयाँबराबरको योगदान रकम भुक्तानी गरको हो । कोषका प्रवक्ता कृष्ण अधिकारीले कोष

संकलन भएको रकममध्ये विभिन्न ४ योजनाअन्तर्गत आएको दाबी अनुसार रकम भुक्तानी भएको बताए । कोषले हाल सबैभन्दा बढी अवकास दाबी भुक्तानीअन्तर्गत १ लाख ९९ हजार ९३४ जनालाई ११ अर्ब ६ करोड ४५ लाख रुपैयाँ भुक्तानी गरको छ । यसैगरी औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत ९३ हजार ७८२ जनाले पटकपटक गररे १ अर्ब ७४ करोड भुक्तानी लिएका छन् । आश्रित परिवार सुरक्षा योजना र दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत क्रमशः २१ करोड ४ लाख र १७ करोड ४४ लाख रुपैयाँ भुक्तानी भएको छ । कोषमा हालसम्म २० हजार १८५ रोजगारदाता र २० लाख ३८ हजार ८५२ योगदानकर्ता सूचीकृत भएका छन् ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर