आज सानिमा बैंकको साधारणसभा, यी एजेन्डाहरु परित हुने

अर्थकागज
प्रकाशित: ०२ कात्तिक २०८२
Image description

काठमाडौं । सानिमा बैंक लिमिटेडको बार्षिक साधारणसभा आज अर्थात कार्तिक २ हुदैछ । आम्रपाली बैङ्क्वेट, भाटभटेनी, काठमाडौंमा विहान १० बजेदेखि साधारणसभा सुरु हुनेछ । बैंकले सभा प्रयोजनका लागि असोज २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार असोज २६ गतेसम्म कायम रहेका सेयरधनी मात्र सभामा उपस्थित भएर लाभांश प्राप्त गर्न सक्नेछन्। सभाबाट पारित हुने एजेण्डाहरु यस प्रकारको रहेको छ ।

प्रस्तावित लाभांश

बैंकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट चुक्ता पुँजीको ७.३६८५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ। हाल बैंकको चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख रुपैयाँ रहेको छ। सोअनुसार, बैंकले लगानीकर्तालाई १ अर्ब ७ लाख ५४ हजार ७ सय ५० रुपैयाँ १५ पैसा बराबरको नगद लाभांश वितरण गर्नेछ। प्रस्ताव सभाबाट पारित भएलगत्तै लगानीकर्तामा वितरण हुनेछ।

प्रमुख एजेन्डा

आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको २१औं वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने।

लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वित्तीय विवरण पारित गर्ने।

सहायक कम्पनीहरू — सानिमा क्यापिटल लिमिटेड र सानिमा सेक्युरिटिज लिमिटेड — को वित्तीय विवरणसहित एकीकृत वित्तीय विवरण छलफल गर्ने।

आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने।

सञ्चालक समितिले प्रस्ताव गरेअनुसार नगद लाभांश वितरण गर्न स्वीकृति दिने।

संस्थापक समूह (समूह ‘क’) बाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरूको निर्वाचन गर्ने।

विशेष प्रस्तावहरू

राष्ट्र बैंकको निर्देशनअनुसार २ अर्ब रुपैयाँ बराबरको ८.२५ प्रतिशत अबिमोच्य असञ्चिति अग्राधिकार शेयर (क्बलष्mब एभचउभतगब िल्यल–अगmगबितष्खभ एचभाभचभलअभ क्जबचभक) जारी गर्ने।

बैंकको अधिकृत पूँजी २० अर्ब रुपैयाँबाट वृद्धि गरी २२ अर्ब रुपैयाँ पुर्याउने। अग्राधिकार शेयर जारी भइसकेपछि चुक्ता पुँजी पनि सोहि अनुसार वृद्धि गर्ने।

अग्राधिकार शेयर जारी, दर्ता तथा सूचीकरणसँग सम्बन्धित काममा नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, धितोपत्र बोर्डलगायत नियामक निकायको निर्देशनअनुसार आवश्यक परिमार्जन गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने।


प्रतिक्रियाहरू

सम्बन्धित खबर